पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपतिले भने- मविरुद्धको अनुसन्धान अवैध छ

काठमाडौं । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।
युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।
स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधनको लस्कर निस्किएको जानकारी दिएका छन् ।
दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले भनेअनुसार अन्वेषकहरूले बिहान ७:२३ मा “युन विरुद्ध पक्राउ वारेन्ट” जारी गरे।
एक भिडियो विज्ञप्तिमा, पक्राउ परेका राष्ट्रपति यून सुक-योलले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताए।
उनले आफ्नो सन्देशमा भनेका छन्, “अवैध अनुसन्धान भए पनि मैले सीआईओ समक्ष उपस्थित हुने निर्णय गरेको छु। रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु।”
उनले भने, “यद्यपि यसको मतलब यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु।”
“न त अनुसन्धान एजेन्सी र न त गिरफ्तारी वारेन्ट जारी गर्ने अदालतहरूलाई त्यसो गर्ने अधिकार छ,” युनले तीन मिनेटको छोटो भिडियो सन्देशमा भने।
Facebook Comment