रविको पक्षमा रमन श्रेष्ठको बहस जारी

डिसी नेपाल
२ माघ २०८१ १३:४८

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तको बहस सकिएसँगै रमन श्रेष्ठको बहस सुरु भएको छ।

यसअघि लामिछानेको पक्षबाट बहस गरेका पन्तले साधारण तारेखमा छाड्न माग गरेका छन्।

लामिछानेविरुद्ध मुद्दाको आधार नभएको जिकिर गर्दै पन्तले उक्त आग्रह गरेका छन्। वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्ने उनको भनाइ छ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको छ। मंगलबार सार्बजनिक बिदा उनलाई आज अदालतमा उपस्थित गराइएकाे हाे।

थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ। उनलाई अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन्।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्याले उनीबिरूद्ध मुद्दा दर्ता गरेको हो।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *