सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

काठमाडौं। सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ।
बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ।
प्रतिक्रिया
Facebook Comment