इमान हराएका नेता

बंशीकुमार शर्मा
४ माघ २०८१ ११:०७

इमान भनेको सत्य, निष्ठा, र आदर्शप्रति व्यक्तिको अटल आस्था हो। यो एक प्रकारको मानसिक र नैतिक गुण हो, जसले व्यक्तिलाई आफ्नो जिम्मेवारीप्रति इमान्दार र नैतिक रुपमा दृढ बनाउँछ। इमानको मूल सार भनेको आफ्नो कर्तव्य, विचार, र व्यवहारमा निष्ठा राख्नु हो।

इमानको महत्व जीवनको प्रत्येक क्षेत्रमा हुन्छ। परिवारमा इमानदारीले सम्बन्धलाई अझ बलियो बनाउँछ। व्यावसायिक क्षेत्रमा, इमानदारीले विश्वास र सम्मान निर्माण गर्छ। समाजमा इमानदारी भएका व्यक्ति आदर्श मानिन्छन् र अरूलाई पनि प्रेरित गर्न सक्छन्।

अरुलाई प्रेरित गर्न सक्ने ब्यक्ती नै अनुकरणीय हुन्छन। इमान भनेको केवल एउटा गुण मात्र नभएर व्यक्तित्वको एउटा आधारभूत पक्ष हो। जसले मानिसलाई राम्रो नागरिक, उत्तरदायी र प्रेरणादायक व्यक्तित्व बनाउन मद्दत गर्छ। इमानदारीले सधैं दीर्घकालीन लाभ दिन्छ।

समाज रुपान्तरको लागि संर्घष गरेका नेताहरुमा सत्ताको उन्मादले इमान हराएका छन्। उच्च पदस्थ पदमा रहेका ब्यक्तिमा इमान हराउनु भनेको समाजका लागि गम्भीर चिन्ताको विषय हो।

जब उच्च पदमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी र इमान्दारी त्याग्छन्, त्यसलै उनको विश्वासमा गिरावट ल्याउँछ र समाजलाई नै नकारात्मक रूपमा प्रभाव पार्छ। यो अहिले त्यही भैइरहेको छ। वर्तमान सरकारले भ्रष्टाचार शून्यशीलतामा झार्ने अठोट गरेकै बेला भ्रष्टाचारका काण्डहरु छताछुल्ल भएका छन्।

नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरु जग्गा काण्डमा मुछिएका छन्। झापास्थित गिरीबन्धु टी-स्टेट प्रकरण र नुवाकोटस्थित शेरा दरबारको विषयले अहिले राजनीति बृत तातिएको छ। करोडौं मूल्यको महँगो जग्गा सरकारीकरण हुनबाट रोकेर व्यक्तिको बनाई लाभ लिने गरी दुवै शिर्ष नेताहरुको पालामा भएको देखिन्छ।

नेपालका केही नेताहरू र सांसदहरूको चरीत्र कोही नेपाली नागरिकहरु बेच्ने, कोही भ्रष्टाचार गर्ने, कोही हत्याकाण्ड गर्ने, कोही सुन तस्करी गर्ने, कोही कालोबजारी गर्ने र कोही बलात्कार जस्ता घटनाले मुछिएका छन्।

जब उच्च पदमा बसेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी र इमान्दारी त्याग्छन्, त्यसलै उनको विश्वासमा गिरावट ल्याउँछ र समाजलाई नै नकारात्मक रूपमा प्रभाव पार्छ। यो अहिले त्यही भैइरहेको छ। वर्तमान सरकारले भ्रष्टाचार शून्यशीलतामा झार्ने अठोट गरेकै बेला भ्रष्टाचारका काण्डहरु छताछुल्ल भएका छन्।

लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेस्ट काण्ड, एयरबस काण्ड जस्ता काण्डहरुको टुंगो नलाग्दै नयाँ नयाँ काण्डहरु थपिएका छन्। भुटानी शरणार्थी काण्ड, ओम्नी काण्ड, बूढीगण्डकी काण्ड, यति काण्ड, ७० करोड भ्रष्टाचार काण्ड, बालुवाटार (ललिता निवास काण्ड), नक्कली लडाकु प्रकरण (क्यान्टोनमेन्ट काण्ड), सिसी टिभी फुटेज काण्ड, नेपाल स्टक एक्स्चेन्ज काण्ड, वाइडबडी विमान काण्ड, फोर जी वी काण्ड, कोरोना भाइरसको नाममा मेडिकल सामग्री काण्ड, ३३ किलो सुन तस्करी काण्ड, छायाँ सेन्टर जग्गा प्रकरण बालमन्दिरको जग्गा काण्ड, एनसेलको शेयर खरिद बिक्री काण्ड। यी तमाम काण्डहरुमा कतै नै कतै नेताहरु जोडिएका घटनाहरु सार्वजनिक भएका छन्।

अनमियता र भ्रष्टाचारमा मुछिएका नेताहरु मुस्कुराउँदै हात हल्लाउँदै प्रहरी हिरासतमा गएका देखिन्छन्। उनीमा एक रत्ति पनि आत्मग्लानी भएको देखिँदैन । उनीले त्यसैमा गौरव गरेका छन्।

वास्तवमा इमान कहाँ गयो। इमान हराए कै हो त? अन्ततः यी तमाम घटनाहरुले नेताहरुको छविमा दाग लागेको छ। यस्ता घटनाका कारणले शिर्ष ब्यक्तिहरुको जनतामाझ आलोचित बन्दै गएका छन्। यो रोग माथिदेखि तलसम्म सरेको छ। यिनीहरु आफू सुध्रिने भन्दा सस्तो लोकप्रियताको खोजीमा रमाएका छन्।

यदि सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्नुपूर्व आफू पनि सुध्रिन जरुरी छ। उच्च पदस्थहरु नसच्चिँदासम्म मुलुकमा सुशासन कायम हुन सक्दैन र सुशासन कायम नहुँदासम्म विकास र समृद्धिको ढोका पनि खुल्न सक्दैन। सुशासन माथिबाट शुरु हुनुपर्छ।

प्रधानमन्त्री, मन्त्री, सचिव र कार्यालय प्रमुखहरु नैतिकवान् र इमानदार हुन सके भने धेरै हदसम्म सुशासन कायम हुन्छ। मुहान सफा भए त्यहाँबाट आउने पानी स्वतः सफा हु्न्छ, तल धेरै सफा गरिरहनुपर्दैन।

प्रधानमन्त्री र सिंगो सरकारले मुलुकलाई सुशासनयुक्त र आर्थिक समृद्धिको गन्तव्यमा पु¥याउने हो भने सरकारमा रहेका र सरकारमा जान तयार भएका सबै राजनीतिक नेताहरु र उच्च पदस्थ कर्मचारीहरु नैतिकवान् त बन्नै पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *