सैफ अली खानको स्वास्थ्यमा सुधार, हिँडडुल गर्न समस्या छैन, आइसीयुबाट निकालियो

डिसी नेपाल
४ माघ २०८१ १३:२९

काठमाडौं । अभिनेता सैफ अली खानमाथि भएको आक्रमणपछि उनको उपचारमा संलग्न चिकित्सकको टोलीले सैफ अहिले ठीक भएको र हिँडडुल गर्न कुनै समस्या नभएको बताएको छ ।

बुधबार र बिहीबारको मध्यरातमा अभिनेताको घरमा प्रवेश गरेका एक व्यक्तिले उनलाई चक्कुले आक्रमण गरेपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।

लीलावती अस्पतालका डाक्टरहरूले सैफ अली खानको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।

लीलावती अस्पतालका प्रमुख अपरेटिङ अफिसर नीरज उत्तमानीले सैफलाई अस्पताल ल्याउँदा उनको शरीरभर रगत भएको बताए ।

उनले सैफ अहिले सुरक्षित रहेको बताएका छन् । उनको अवस्थामा सुधार आएको छ । उनलाई आईसीयूबाट विशेष वार्डमा सारिएको छ ।

डाक्टरहरूले सैफ अली खान भाग्यमानी भएको बताएका छन् किनभने यदि चक्कु दुई मिलिमिटर गहिराइमा गएको भए उनको मेरुदण्डमा क्षति पुग्थ्यो।

पत्रकार सम्मेलनमा सैफको शल्यक्रिया गरेका डाक्टर नितिन डांगेले सैफको स्वास्थ्य पूर्णरुपमा ठीक रहेको र हिँडडुलमा कुनै समस्या नभएको बताए ।

यसअघि लिलावती अस्पतालका प्रमुख अपरेटिङ अफिसर (सीओओ) डा नीरज उत्तमानीले शल्यक्रियामार्फत सैफको मेरुदण्डबाट साढे दुई इन्चको चक्कु निकालिएको सञ्चारमाध्यमलाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *