कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुनी सुधारप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन्। निजी क्षेत्रसँग निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन छलफल गरिएकोमा उक्त उत्साह पाइएको थापाले बताए।
‘निजी क्षेत्रका साथीहरूसँग सरकारले निजी क्षेत्रको विश्वास बढाउन र व्यावसायिक वातावरण सहज बनाउन हामीले गरेका र गर्न खोजेका प्रयासका सम्बन्धमा छलफल गर्यौं। अहिले गर्न खोजिएको कानुनी सुधारप्रति निजी क्षेत्रका साथीहरू उत्साहित हुनुहुन्छ। हामीले अहिलेभन्दा सहज रूपमा काम गर्न सकिने वातावरण निर्माणका लागि के-कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका छौं। अब सुधारको रफ्तार बढाउनुपर्छ,’ थापाले सामाजिक सञ्जालमा भनेका छन्।
प्रतिक्रिया
Facebook Comment