ओली नेतृत्वको सरकार पूर्ण असफल : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन्।
शुक्रबार संसद् भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रीक काम गरेको भन्दै वर्तमान पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका हुन्।
संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए। उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे।
अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरूले जनताको चासोलाई उजागर गर्न मात्र खोजेको तर्क गरे। सरकारले सदनलाई बेवास्ता गरि मनपरि ढंगले आग्रह पूवाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए।
उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे।
Facebook Comment