प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीद्वारा गण्डकी पराजित

डिसी नेपाल
४ माघ २०८१ १९:५०

बैतडी। प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन्। रञ्जु श्रेष्ठले २० र एन्जी पाठकले १८ रन बनाइन्।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन्। यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो। गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन्। लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसीले १ विकेट लिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *