आगामी निर्वाचनबाट माओवादी पहिलो दल बन्छ : प्रचण्ड

डिसी नेपाल
५ माघ २०८१ १६:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन्।

मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त दाबी गरेका हुन्। गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब २०८४ को निर्वाचनमा पहिलो दल बन्ने उनले बताए।

‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ। अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन,’ उनले भने।

गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ग्रामथानको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो। गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *