युक्रेनको राजधानीको बीचमा रूसको आक्रमण, ३ जनाको मृत्यु

डिसी नेपाल
६ माघ २०८१ १३:४५

काठमाडौं । युक्रेनी अधिकारीहरूले राजधानी कीभमा रातभरी रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका छन्।

युक्रेनको स्थानीय समयअनुसार बिहान ६ बजे आक्रमणको साइरन बज्नुअघि नै एउटा मिसाइल कीभमा खसेको थियो।

कीभको मध्यभागमा रहेको शेभचेन्किभस्कीको एक किनमेल केन्द्र बाहिर भएको आक्रमणले सडकमा एउटा खाल्डो छोडेको छ।

मिसाइल आक्रमणमा व्यापारिक केन्द्रमा नराम्ररी क्षति पुगेको छ । तर, रुसी आक्रमण कसलाई लक्षित थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन?

अधिकारीहरूले यसअघि रुसी आक्रमणमा चार जनाको मृत्यु भएको बताएका थिए। किभका मेयर भिटाली क्लुस्कोले युक्रेनको राजधानी वरिपरि हवाई सुरक्षा अभियान चलिरहेको बताए ।

नयाँ वर्षको दिनमा सहरमा भएको आक्रमणपछि यो महिना कीभमा यो दोस्रो घातक हमला हो।

यसैबीच, दक्षिणी सहर जापोरिझियामा शनिबार रुसी आक्रमणमा परी ६ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एक महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *