डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको छ ।
ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिनुअघि दुई नेताबीचको कुराकानी भएको हो। चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।
सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए ।
ट्रम्पले लेखे, “मलाई आशा छ कि सँगै हामी धेरै समस्याहरू समाधान गर्नेछौं र तुरुन्तै सुरु गर्नेछौं।” ट्रम्पले व्यापार सन्तुलन, टिकटक र अन्य धेरै विषयमा छलफल गरेको बताए ।
ट्रम्पले भने, “राष्ट्रपति सी जिनपिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हरसम्भव प्रयास गर्नेछौं।”
Facebook Comment