हमासले आज रिहा गरिने ३ बन्धकको सूची बुझायो, अब युद्बबिराम लागू हुने

काठमाडौं । हमासले आज रिहा गरिने ३ जना बन्धकको सूची इजरायललाई उपलब्ध गराएको छ । इजरायलको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ । हमासले यो सूची उपलब्ध नगराउँदा निर्धारित समयमा युद्धविराम लागू हुन सकेको थिएन ।
बन्धक र बेपत्ताका लागि संयोजक ब्रिगेडियर जनरल गल हिर्शलेले आइडीएफ प्रतिनिधिहरू मार्फत बन्धकहरूको परिवारलाई यसबारे जानकारी गराएका छन् ।
“हामी मिडिया र जनतालाई यो सूचीको विवरण साझा गर्नबाट बच्न, उचित सावधानी अपनाउन र परिवारको गोपनीयता कायम राख्न आग्रह गर्दछौं,” इजरायलको प्रधानमन्त्री कार्यालयले भनेको छ ।
प्रतिक्रिया
Facebook Comment