कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर। कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन्। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन्।
प्रतिक्रिया
Facebook Comment