नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमायो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।
१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३।६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।
यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।
पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
Facebook Comment