सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
प्रतिक्रिया
Facebook Comment