संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
काठमाडाैं। संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै युवाहरुले माइतीघर मण्डलामा सार्वजानिक खबरदारी कार्यक्रम आयोजना गरिएकाे छ।
शिक्षामा २० प्रतिशत लगानी गर्, शिक्षा मानव अधिकार हो, युवा लक्षित व्यवसायिक तथा प्राविधिक शिक्षा लागू गर्, सार्वजनिक शिक्षा बलियो बनाऊ, शिक्षाको उपलब्धी दक्ष र सक्षम जनशक्ति, शिक्षालाई उत्पादनशिल र शृजनशिल बनाऔँ, परिवर्तनको भए इच्छा सुध्रिन्छ समावेशी शिक्षा, जस्ता नारा भएका प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो।
युथ एड्भोकेसी नेपालले केओस फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा शिक्षामा क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुले मन्तव्य राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै “नेपालमा संचालित शैक्षिक नीति तथा कार्यक्रममले सिमान्तकृत तथा अल्पसंख्यक समुदायका वालवालिकाहरुलाई समेट्न नसकेको” शिक्षा अधिकारकर्मी जनक कार्कीले बताए।
त्यस्तैगरी, शिक्षामा भएको निजीकरणलाई अन्त्य गर्दै समावेसी र गुणस्तरिय शिक्षामा राज्यले प्रयाप्त लगानी गर्नु पर्ने युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले बताए।
प्राविधिक तथा व्यवसायिक शिक्षामा राज्यले युवाहरुलाई जोड्नु पर्ने मानवअधिकार राष्ट्रिय महाभेलाका सल्लाहकार योगेन्द्र विजय दाहालले बताए। शिक्षालाई बालबालिकामैत्री बनाउर्दै शिक्षामा कम्तिमा २० प्रतिशत लगानी गर्नु पर्ने अधिकारकर्मी आयुसा ढकालले बताइन्।
सार्वजानिक शिक्षाका सुदृढीकरणका लागि युवाहरुले राज्यलाई निरन्तर खवरदारी गर्नु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले बताए। सार्वजानिक खवरदारी कार्यक्रमको संचालन युथ एड्भोकेसी नेपालका महासचिव बिनय कार्कीले गरेका थिए।
उनले सरकारले बिभिन्न समय शिक्षा ऐन जारी गर्ने प्रतिबद्दता गर्ने तर संघिय शिक्षा ऐन भने दिन नसक्ने विडम्बनाको जिकिर गर्दै सरकारलाई निशुल्क तथा अनिवार्य शिक्षाको नीति कार्यन्वयन गर्न खुट्टा नकमाउन पनि आग्रह गरे।
Facebook Comment