कीर्तिमानी आरोही मिङ्मा डेविट शेर्पा सम्मानित
काठमाडौं। सशस्त्र प्रहरीले २४ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र कीर्तिमानी पर्वतारोही मिङ्मा डेविट शेर्पालाई सम्मान गरेको छ। शेर्पाको सहयोगमा सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सगरमाथाको सफल आरोहरण गरेका थिए।
कीर्तिमानी शेर्पाासँगै सशस्त्र प्रहरीबाट पहिलो पटक सगरमाथाको सफल आरोहरण गरेका पौडेल, उनका गाइड सन्देश शेर्पालाई आइजीपी एपीएफ कमेन्डेशन पुरस्कारबाट पुरस्कृत गरिएको हो।
निरीक्षक पौडेलसहितको टीमलाई एपीएफ महिला संघ केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले सगरमाथा बेस क्याम्प पुगेर सम्मानसमेत गरेकी थिइन्। निरीक्षक पौडेलले सगरमाथाको सफल आरोहण गरेपछि सशस्त्र प्रहरी मुख्यालय हलचोकमा हिमाली शाखासमेत स्थापना गरिएको छ।
सो शाखामार्फत उच्च हिमाली क्षेत्रमा विपत पर्दा इलाइट एक्पेट कम्पनीसँग समन्वय गरी उद्दारमा संलग्न हुने प्रतिवद्धता सशस्त्र प्रहरीले जनाएको छ। सगरमाथा आरोही पौडेलको सगरमाथा आरोहणमा सहयोग गर्ने म्यानेजिङ डाइरेक्टर मिङ्मा डेविट शेर्पासहित कम्पनी इलाइट एक्पेटलाई पुरस्कारसहित सम्मानपत्र र कदरपत्रले सम्मानित गरिएको छ।
निरीक्षक पौडेलले टीमले गत जेठ ७ गते सगरमाथाको आरोहण गरेको थियो।
Facebook Comment