नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो
अबुजा। मध्य नाइजेरियामा एक पेट्रोल ट्यांकरमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ। गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा–आराले ट्यांकर शनिबार उत्तर–मध्य नाइजर राज्यको डिक्को क्षेत्रमा व्यस्त सडकमा आफ्नो पेट्रोल ट्यांकर पल्टिएको थियो।
मानिसहरु इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो। घटनास्थलमा रहेको पावर जेनेरेटरको स्विच अन हुँदा विष्फोट भएको बताइएको छ।
उद्धार कार्यका क्रममा थप पीडित भेटिएपछि घाइतेको सङ्ख्या ५५ जना रहेको बाबा आराहले बताए। ‘नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले अन्य घाइते पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न सक्दो प्रयास गरिरहेको छ,’ उनले बताए।
राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। साथै, सडक सुरक्षा अधिकारीहरूलाई यस्तै घटनाहरू रोक्न उपायहरू लागू गर्न उनले निर्देशन दिएका छन्।
Facebook Comment