चीनबाट आयात हुने सामानमा ट्रम्पले १० प्रतिशत थप कर लगाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने विचार गरिरहेको बताएका छन् ।
ट्रम्पले राष्ट्रपति कार्यालयमा आफ्नो दोस्रो कार्यकालको पहिलो दिन चिनियाँ आयातबारे पत्रकारहरूको प्रश्नको जवाफमा यो बयान दिएका हुन्।
उनले फेब्रुअरी १ देखि यो महसुल लगाउने तयारी भइरहेको बताए ।
पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले चीनले अमेरिकामा फेन्टानिल जस्ता औषधि पठाएको भन्दै संकट सिर्जना भएको दाबी गरे ।
यसबाहेक मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने चेतावनी समेत दिएका छन् ।
ट्रम्पले यी दुई देशले अवैध आप्रवासी र लागूऔषधलाई अमेरिका आउन अनुमति दिएको आरोप पनि लगाएका छन् ।
प्रतिक्रिया
Facebook Comment