वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही, नौ प्यालेस्टिनी मारिए

डिसी नेपाल
९ माघ २०८१ ११:०२

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले कब्जा गरेको वेस्ट बैंकको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाको कारबाहीमा अन्य ३५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार सहरमा धेरै आक्रमणहरू भएका छन्। सहरबाहेक राहत शिविरमा ठूलो संख्यामा सैनिकको आवतजावत भएको छ ।

मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा लेखेका थिए – इजरायली सेनाले जेनिनबाट आतङ्कवाद हटाउन ठूलो मात्रामा अभियान सुरु गरेको छ।

वेस्ट बैंकमा इजरायलको कारबाहीपछि हिंसा भड्कने सम्भावना छ।

सैन्य कारबाहीका सम्बन्धमा जेनिनका गभर्नर कमल अबु अल-रुबले एएफपी समाचार एजेन्सीलाई भने, “आकाशमा हेलिकप्टर देखिन्थ्यो र इजरायली सैनिकहरू जताततै देखिन्थे।”

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सेनाले जेनिन क्याम्पलाई पूर्ण रूपमा घेरेको र बुलडोजरहरूले धेरै सडकहरू खनेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *