पुटिन युद्ध रोक्न वार्ताका लागि तयार नभए रूसमाथि प्रतिबन्ध बढाउने ट्रम्पको चेतावनी

डिसी नेपाल
९ माघ २०८१ ११:०६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभएमा रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने बताएका छन् ।

राष्ट्रपति पद सम्हालेपछि पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

यद्यपि ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए ।

डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *