अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणापछि चीनले के भन्यो ?

डिसी नेपाल
९ माघ २०८१ १२:५७

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति बनेलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग हुने घोषणा गरेपछि चीनले प्रतिक्रिया दिएको छ ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको अर्थ मन्त्रालयका प्रवक्ता गुओ जाकुनले डब्लुएचओको भूमिकालाई कमजोर नभई बलियो बनाउनुपर्ने बताएका छन् ।

“डब्लुएचओले विश्वव्यापी स्वास्थ्य प्रशासनमा केन्द्रीय र समन्वयकारी भूमिका खेल्छ,” उनले भने। उनले डब्लुएचओलाई आफ्नो जिम्मेवारी पूरा गर्न चीनले निरन्तर सहयोग गर्ने बताए।

उनले भने, “चीनले अन्तर्राष्ट्रिय जनस्वास्थ्य सहयोगलाई अझ फराकिलो बनाउन र विश्वव्यापी स्वास्थ्य सुशासनलाई सुधार गर्न डब्लुएचओलाई सहयोग गर्न जारी राख्नेछ।”

यद्यपि डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले अमेरिकाले यो निर्णयमा पुनर्विचार गर्ने आशा व्यक्त गरेका छन्।

उनले ट्रम्पको घोषणालाई खेदजनक रूपमा वर्णन गरे , “हामी आशा गर्छौं कि संयुक्त राज्य अमेरिकाले पुनर्विचार गर्नेछ र हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारी कायम राख्ने सम्बन्धमा रचनात्मक संवाद जारी राख्न तत्पर छौं।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशको तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य तिरेको बताएका छन् ।

यद्यपि, ट्रम्पले भने, “उनीहरू हामी फिर्ता आएको चाहन्छन्, त्यसैले हामी के हुन्छ हेर्नेछौं।” यसलाई अमेरिकाको डब्ल्यूएचओमा चाँडै फर्किने संकेत पनि मानिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *