प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका सबै कार्यक्रम रद्द
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सशस्त्र प्रहरी दिवसको कार्यक्रममा उनी उपस्थित हुन सकेनन्।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको उनको सचिवालयले जनाएको छ।
चिसोका कारण घाँटीमा समस्या देखिएको ओलीको सचिवालयले जनाएको छ। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधवारका भेटघाटका सबै कार्यक्रम रद्द गरिएको बताइएको छ।
प्रतिक्रिया
Facebook Comment