लोकतन्त्र बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक रहेको बताएका छन्।
प्रदेश लोकसेवा आयोगको पाँचौ वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले लोकसेवा आयोगले स्वच्छ र सबल प्रशासन बनाउन निष्पक्ष भूमिका खेल्नुपर्ने बताए। उनले लोकसेवा आयोगलाई आफ्नो निष्पक्षता र विश्वसनियता कायम राखेर अघि बढ्न आग्रहसमेत गरे।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिँदा प्रदेश सरकार चलाउन समस्या भइरहेको धारणा राखे। उनले प्रदेश संरचनालाई जनताको आवश्यकताको रुपमा परिणत गर्न प्रयासरत रहेको बताए।
प्रदेश लोकसेवा आयोगले भौतिक पूर्वाधार अभाव र न्यून कर्मचारीको बाबजुद ४ हजार ४३ पदका लागि विज्ञापन गरेको र २ हजार १ सय २ जनालाई सिफारिश गरिएको प्रदेश लोकसेवा आयोगका सचिव तिर्थ धितालले जानकारी दिए।
Facebook Comment