अमेरिकाको एउटा सहर, जहाँ १ ब्यक्तिको भागमा ८३३ को चिहान
क्यालिफोर्निया। यो राज्यमा एक सानो सहर छ, जसको नाम हो– कोल्मा । आफ्नो अचम्मको र रहस्यमय इतिहासका कारण यो सहर विश्वभर परिचित छ। यसलाई प्रायले ‘आत्माको शहर’ भनेर जान्दछन्, तर यसको वास्तविक नाम भने ‘कोल्मा’ हो।
यो शहर मात्र १.९ वर्ग माइलमा फैलिएको छ र जनसंख्या २,००० भन्दा कम रहेको छ। तर, यहाँका १७ वटा चिहानस्थलमा १५ लाख मानिसलाई गाडिएको तथ्यांकमा देखिएको छ । यो सानो सहरमा डेनिमका संस्थापक लेवी स्ट्रस, बैंक अफ अमेरिकाका संस्थापक ए पी जाननिनी र प्रसिद्ध बेसबल खेलाडी जो डिमैगियोको अन्तिम विश्राम स्थान पनि हो।
खासमा, क्यालिफोर्नियामा १८४८ मा एक दुर्घटनाको समयमा सुनखानी पत्ता लगाइएको थियो। यो खोजले अमेरिकामा हलचल मच्चायो र मानिसहरू धनी बन्ने इच्छामा क्यालिफोर्निया पुग्न थाले । र, सान फ्रान्सिस्कोको जनसंख्या विस्फोट भयो र त्यो बेला दुई वर्ष भित्र यसको जनसंख्या ८१२ बाट २५ हजारसम्म पुग्यो । जनसंख्या बढ्दै जाँदा सान फ्रान्सिस्कोको चिहानहरू पनि भरिन थाले। यस्तो अवस्थामा कोल्मामा शव गाड्ने प्रक्रिया सुरु भयो र १८८७ मा यहाँ पहिलो चिहान स्थापना गरियो ।
सान फ्रान्सिस्कोमा यो बिस्तारै चिहान नजिकै बस्नेहरूले रोग फैलाउने विश्वास बढयो । यो चिन्ताजनक अवस्थालाई ध्यानमा राख्दै सन १९१४ मा शहरका अधिकारीहरूले निर्णय गरे कि अब यहाँ कसैलाई पनि गाडिने छैन। यससँगै पुरानो चिहानमा गाडिएका शव अन्यत्र सार्ने गरी त्यहाँको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने पनि निर्णय गरियो ।
सन १९१४ पछि सान फ्रान्सिस्को अधिकारीहरूले सबै चिहानहरू शहर बाहिर सार्न आदेश दिए। त्यसबेला सान फ्रान्सिस्कोमा करिब २ दर्जन चिहान थिए। यी चिहानबाट शवहरू निकालेर कोल्मामा लगेर पुनः गाडियो । २० औं शताब्दीको सुरुसम्ममा करिब १।५ लाख शव कोल्मामा सारि सकिएको थियो। त्यसयता कोल्मामा शवको संख्या बढ्दै गएको छ ।
आज कोल्मामा १ हजार ८०० जना मात्रै बस्छन् तर यहाँको चिहानमा गाडिएका शवको संख्या १५ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ । यहाँ चिहानमा जीवित र मृतकको अनुपात १.८३३ छ। यसको मतलब कोल्मामा प्रत्येक जीवित व्यक्तिको लागि त्यहाँ ८३३ लाशहरू गाडिएका छन्। यही कारणले गर्दा यो सहरलाई ‘आत्माको सहर’ भनिन थालिएको हो ।
Facebook Comment