१८ जनाको साथबाट लागूऔषध बरामद

डिसी नेपाल
१० माघ २०८१ १२:५५

काठमाडौं । देशका विभिन्न स्थानमा लागूऔषधसहित १८ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सयग्राम, नियन्त्रित लागूऔषधट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँ सहित पसलका संचालक सोही महानगरपालिका-२१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-२ टेम्पुपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय महेन्द्र रावत समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले महेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।

कैलालीको टिकापुरनगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बसन्ता बस्ने २७ वर्षीय कमल रावललाईबुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुन्डार इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राजेपाम ९० ट्याब्लेट सहित कञ्चनपुरकृष्णपुर नगरपालिका-६ मौरीफाँटा बस्ने२५ वर्षीय बिरेन्द्र भट्टराईलाईबुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मालाखेतीर लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोहीउपमहानगरपालिका-३ बस्ने २४ वर्षीय पुरन सिंह ठकुर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-२ बर्गर हाउस नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-११ बस्ने २१ वर्षीय निरञ्जन चौधरी समेत ४जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ गोवरैयाबाट अवैधलागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सयमिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय करन राना क्षेत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिराहा, सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय मिलिग्राम सहित गोलबजार नगरपालिका-७ बस्ने २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका-८ बस्ने२२ वर्षीय धर्मेन्द्र यादवलाईबुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनकुटा, धनकुटा नगरपालिका-७ मोटीटोलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन २७ ट्याब्लेट र ट्रामाडोल १७ ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने २१ वर्षीय किरण राईलाईबुधबार राति प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *