बिचार र व्यबहारका द्वन्द्ववादी शैली
मानिसका बिचार गर्ने र व्यवहार गर्ने तरिका फरक फरक हुन्छ। कुनै एउटै बस्तु र घटनालाई हेर्ने दृष्टिकोण पनि व्यक्ति पिच्छे फरक पर्न सक्छ।
अथवा समूहगत रुपमा यो फरक हुन पनि सक्छ। समाजमा अनेकौंं घटनाहरु दिनहु घटिरहेका हुन्छन्। यसमा मानिसका फरक फरक तर्क बितर्क, मत बिमत र बादबिवाद चलिरहेको हुन्छ। जस्तो कि पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परे।
यसमा पनि यस्तै भयो। कोही सहकारी ठगी गरेकै हुन भन्ने गर्छन्, कोही उनी यसमा निर्दोष देख्दछन्। एउटै घटनामा दुई थरी दृष्टिकोण र बिचारहरु आपसमा टकराइरहेका छन।
एउटै बस्तुलाई हेर्ने दुई थरी दृष्टिकोण कसरी हुन्छ? घटनाहरुलाई देख्ने र बुझ्ने दुईथरी धारणा मानिसमा देखिनुको कारण के हो? यसको मतलव हो मानिसका दृष्टिकोणहरु उनीहरुले ग्रहण गरेको मूल्यमान्यता वा स्वार्थसँग गासिएको हुन्छ।
बिचार गर्ने तरिका र व्यबहार गर्ने तरिकामा संसारका द्वन्द्ववादीहरुले केही फरक शैलीको व्याख्या गर्नु भएको छ। कुनै पनि कुरामा नकारात्मक मात्र देख्नु वा सकारात्मक मात्र देख्नु द्वन्द्ववादी बिचार गर्ने शैली हैन। मात्रात्मक रुपमा असल पक्ष बढी वा खराव पक्ष बढी भन्ने त हुन्छ नै तर एउटै पक्षलाई मात्र देख्नु द्वन्द्ववादी शैली होइन।
बादल घनघोर कालो किन नहोस्, यसमा पनि सेतो चाँदीको घेरा देख्नु द्वन्द्वात्मक बिचार शैली हो। अब द्वन्द्वात्म बिचार शैलीले हाम्रा राजावादीहरुलाई एकपटक नियालौं! उनीहरुले भन्ने गरेको राजा पृथ्वीनारायण शाह र महेन्द्रका बिचार र व्यबहार समग्रमा सही थिए भन्नु सही विश्लेषण हो।
तर सबै राजाहरु सही थिए भनेर राजा फर्काउने तिर लाग्नु जी हजुरीवादतिर लाग्नु हो। राजाहरु सबै सही थिएनन् र उनीहरुका बिचार र व्यबहार पनि सही थिएनन्। राजाहरु को को कस्ता थिए भन्ने कुरा राजतन्त्रको इतिहास पढ्ने जो कोहीलाई पनि थाहा छ।
स्वधर्म र स्वसंस्कृति मासिएपछि आफ्नो प्रभाव बढ्छ भन्ने कुरा उनीहरुले राम्रो गरी बुझेका छन्। जो भइरहेको छ योजना अनुसार भइरहेको छ। जो हामी छौं योजनाविहीन बहकाउमा लागिरहेछौं।
हाम्रो संंसदीय प्रणालीमा पनि आफ्ना नेताका कमी कमजोरी केही नदेख्ने नेता कार्यकर्ता जी हजुरीवाद शैलीमा पुगेको अनुमान लगाउन सकिन्छ। आफ्नाले गरेको गलत पक्ष पनि मिठो तर अर्काले गरेको तितो यो हुन सक्तैन। हाम्रा नेता तथा कार्यकर्ताको यो खालको चरित्र न प्रगतिशील हो न बामपन्थ हो केही पनि हैन।
मात्र यो संसदीय व्यवस्थाबाट निस्केको बिकार बस्तु हो। अथवा यो शरीरबाट निस्केको बिकार बस्तु जस्तै हो। त्यसलाई ग्रहण गरेर फाइदा हुँदैन। बिकार बस्तुले जसरी स्वास्थ्यलाई हानि पु¥याउँदछ त्यसले पनि गर्ने त्यही हो। अथवा यसले हाम्रो राजनीतिक प्रणालीलाई फोहरी दुर्गन्धित बनाउँछ र देशलाई नोक्सानी पुर्याउँदछ।
राजनीतिक भाषामा भन्दा यो घोर दक्षिणपन्थी बाटो हो। यसले समाजलाई पछाडि फर्काउन हरदम प्रयत्न गर्नेछ। यसैले राम्राको बखान त गरौं राम्राको आवरणमा नराम्राको ढाकछोप गर्दै नगरौं। यसो भनिरहँदा बहुदल आएपछि केही भएकै छैन भन्नु पनि एकलकाँटे बिचार शैली हो।
शिक्षामा, यातायातमा, भौतिक संरचना निर्माण आदिमा अनेकौंं संंख्यात्मक बिकास त भएकै छन्। तर गुणात्मक भने नभएकै हो। रोजगारीको श्रृजना गर्नेतिर भने ध्यान नपुगेकै हो।
द्वन्द्वात्मक बिचार गर्ने शैलीको कुरा गर्दा धर्म संंंंस्कार र संंस्कृतिको सम्बन्धमा केही भ्रम रहेको पाइन्छ यसको पनि अलिकती चर्चा गरौं। समाजमा बर्गहरु हुन्छन् यसैले समाज वर्गीय हुन्छ। दास युगमा दास र मालिक, सामन्त युगमा मोही किसान र जमिन्दार, पूँजीवादमा मजदुर र पूँजीपती आदि वर्गीय समाजका उदाहरणहरु हुन्।
वर्गीय समाजमा एक बर्गले अर्को बर्गलाई दमन गर्न हरदम प्रयत्न गर्दछ। यसरी दमन गर्ने क्रममा संसारमा संंस्कार, संंस्कृति, धर्म र बिज्ञानसमेत एक बर्गलाई अर्को बर्गले दमन गर्ने हतियारको रुपमा प्रयोग हुर्दै आएको छ। कुन कुरालाई कति प्रयोग गरियो? त्यो कुरा मात्रात्मक रुपमा भने कम बेसी भएको हुन सक्छ।
यही भएको कारणले माक्र्सले धर्मलाई “सामन्तहरुले गरिब बर्गलाई दमन गर्न बनाएको अस्त्र हो” भन्नुभयो। हामीले यही कुरालाई धर्मको सुरुवात नै सामन्तहरुले गरेका हुन् भनेर बुझ्यौं। हाम्रो यही बुझाईलाई प्रयोग गर्दै साम्राज्यवादीहरुले जनताले मान्दै आएका सबै कुल धर्मको बिरोध गर्न उक्साए। अझ एक कदम बढी माक्र्सवादी भएजस्तै गरी अल्पज्ञानी हामी कम्युनिष्टहरुलाई साम्राज्यवादले नराम्रोसँग प्रयोग गर्यो।
अझ बिभिन्न प्रलोभन देखाई एनजीओ आइएनजीओको आवरणमा पनि उनीहरु देखिएका छन्। यसको मूख्य उद्देस्य नेपाली जनताले मान्दै आएको धर्मसंंस्कृति मास्नु हो। यसरी खाली भएको स्थानमा कृश्चियानिटी फैलाउनु मुख्य हो।
स्वधर्म र स्वसंस्कृति मासिएपछि आफ्नो प्रभाव बढ्छ भन्ने कुरा उनीहरुले राम्रो गरी बुझेका छन्। जो भइरहेको छ योजना अनुसार भइरहेको छ। जो हामी छौं योजनाविहीन बहकाउमा लागिरहेछौं।
यहाँनेर हामीले बुझ्नुपर्ने कुरा के छ भने धर्म संंस्कार र संंस्कृति सामन्तहरुले शुरु गरेका हैनन्। यो नकारात्मक सोचले उत्पत्ति भएको पनि हैन। बरु समाज हित र कल्याणका निमित्त हाम्रा पुर्खाका बुर्जुक पिँढीले बिस्तारै बसाउँदै गएका रीति थितीहरु हुन्।
यसैलाई वर्गीय समाज भएका कारण त्यस बेलाका सत्तासिन बर्गले प्रयोग गरेका मात्र हुन्। उदाहरणको लागि जस्तोसुकै राम्रो नियम कानून बनाएपनि पावरमा हुनेले त्यसलाई नहुनेका बिरुद्ध प्रयोग गर्दै गरेको हामीले अहिले पनि देखिरहेका छौं। यो त्यस्तै कुरा हो भनेर बुझ्नुपर्छ। प्रयोग हुन नदिन हरदम कोसिस गर्नुपर्दछ कुरा त्यति हो।
हामीले पनि गीत संगीत र साहित्यलाई पनि जनताको हितमा प्रयोग गर्नुपर्छ भनेर प्रगतीशिल गीत संंगीत, साहित्य र कलाकर्मी संघ बनाउँदै र यसलाई प्रयोग गर्दै पनि आयौं। नभए त गीत संंगीत स्वतस्फुर्त चलन चल्तीमा युवा उमेरका प्रेमकलाले भरिएको छुट्टै रस थियो।
कि त यो धर्मसँग सम्वन्धित थियो। संंसार भरीको इतिहासले हामीलाई त्यही भन्छ, मलाई त्यस्तै लाग्छ। आधुनिक जमानामा बिज्ञान प्रविधिले फड्को मारिसकेपछि पुँजीपतीले बिज्ञान प्रविधिकोसमेत प्रयोग गरी मजदुरलाई बेरोजगार बनाउँदै लगेको त तपाईंले देख्नुभएकै छ।
वर्गीय समाजमा धर्म मात्र हैन जेसुकै कुरापनि आफ्नो हित अनुकुल प्रयोग गर्ने कोसिस गरिन्छ। धर्म संंस्कारलाई उनीहरुले प्रयोग गरे त्यो छोडिदिने, बिज्ञान प्रविधि उनीहरुले प्रयोग गरे बिज्ञान प्रविधिकै बिरोध गर्ने, त्यो पनि छोडिदिने के यो बुद्धिमानी हो त? यसैले हामीले हाम्रो बुझाईको पनि एकपटक समीक्षा गर्नुपर्ने बेला आएको छ।
द्वन्द्ववादी बिचार शैलीको कुरा गर्दा हाम्रो समाजमा उहीले देखिनै न्याय सम्पादन गर्दा होची अर्गेली छुटयाउने, कसैले गरेको गलत र सही पक्ष छुटयाएर न्याय गर्ने चलन थियो। राम्रो नराम्रो सही वा गलत दुबै पक्षलाई देख्ने दृष्टिकोण नै द्वन्द्ववादी शैली हो। बुद्ध दर्शनमा पनि यो कुरा पाइन्छ।
सारा पश्चिमेलीहरु ग्रीसका ठूला दार्शनिक हेराक्लिट्सलाई माहानतम द्वन्द्ववादी भनेर प्रचार गरीरहेका छन्। बुद्ध हेराक्लिट्स भन्दा पनि १९ बर्ष जेठा प्रारम्भिक कालका द्वन्द्ववादी बिचारक थिए। पश्चिमा जगतमा अर्का दार्शनिक हेगेलको नाम यसपछि आउँछ। हेगेलको द्वन्द्ववादलाई नै कार्लमाक्र्सले परिस्कृत रुप दिएका हुन्।
यसको भाव अनुसार हरेक चीजमा दुई पक्षको उपस्थिति हुन्छ। जस्तो पदार्थमा प्रोटोन र न्यूट्रन, विद्युतमा धनात्मक र ऋणात्मक, आदि। कालोको अस्थित्व भएकाले नै सेतोको पनि अस्थित्व भएको हो। तल भन्ने भएकाले नै माथि भन्ने पनि भएको हो। यसरी हरेक बस्तु तथा घटनामा पक्ष बिपक्ष हुन्छ।
यही पक्ष प्रतिपक्षको गतिको कारण कुनैपनि कुरा अस्थित्वमा रहन्छन् र यसको बिकासको सर्त पनि यही हो। यसलाई गहिरोसँग विश्लेषण गर्दा कुनै पनि बस्तु तथा घटनामा अन्तरनिहीत अन्तर बिरोध वा बिरोधाभास नै द्वन्द्व हो। मालिक र मजदुर वा शासक र शासित बीचको अन्तरबिरोध द्वन्द्व हो।
यसैगरी पदार्थको गति तथा क्रिया र दुई बिपरित पक्षहरुको अन्तर विरोधपूर्ण एकत्व नै द्वन्द्वात्मकता हो। यही अन्तर बिरोधले नै कुनैपनि बस्तु वा समाजको अस्थित्व जीवित रहन्छ। संंसारमा भएका सबै बस्तु तथा घटना प्रक्रियाहरु गतिशिल अन्तर विरोधपूर्ण र बिरोधाभासपूर्ण र प्रतिपक्षपूर्ण रहने सार्बभौम दृष्टिकोण वा बिष्लेषण पद्धति नै द्वन्द्ववाद हो।
कुनैपनि बस्तु वा समाजमा गतिमा-गतीशिलता र स्थिरता, क्रियामा-क्रिया र प्रतिकृया तथा सम्बन्धमा-शत्रुता र मित्रता जस्ता दुई पक्ष बीचको सम्बन्धमा देखिने एकत्व नै द्वन्द्वात्मकता हो।
यस्ता अन्तरबिरोधी पक्षहरुको संंघर्षपूर्ण एकत्वमा नै कुनै पनि बस्तु वा समाजको अस्थित्व कायम हुन्छ। अथवा यसो भनौं द्वन्द्वात्मकता भनेको कुनै पनि बस्तु वा समाजलाई जीवन्त राख्ने अन्तरनिहीत आत्मा हो। साँचो अर्थमा बस्तु वा समाजमा अन्तनिहीत अन्तरबिरोध जो देखिन्छ त्यो द्वन्द्व हो।
बिपरित पक्षहरुको आपसी टकराव नै द्वन्द्वात्मकता हो। यही टकरावकै नियम बमोजिम बस्तु वा समाजको बिकास वा रुपान्तरण हुने गर्दछ।
Facebook Comment