दक्षिण चीन सागरमा चीनबाट फिलिपिन्सको सुरक्षा गर्ने अमेरिकाको प्रतिबद्धता
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमास र हिजबुल्लाहविरुद्धको सफलताका लागि बधाई दिएका छन् ।
इजरायल बाहेक रुबियोले बुधबार फिलिपिन्सका विदेशमन्त्री एनरिक मनालोसँग पनि कुराकानी गरेका थिए ।
यस वार्ताका क्रममा दक्षिण चीन सागरमा चीनको उक्साहटविरुद्ध फिलिपिन्सको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्याइयो।
अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “दक्षिण चीन सागरमा चीनको व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर बनाउँदैछ। र यो अन्तर्राष्ट्रिय कानूनको विरुद्ध हो। ”
विदेशमन्त्री रुबियोले दक्षिण कोरियाका विदेशमन्त्री चो ताए युलसँग पनि वार्ता गरेका छन् । दुई नेताबीच उत्तर कोरियामा निकट सहयोग कायम राख्ने सहमति भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार रुबियोले इन्डोनेसियाका विदेशमन्त्री सुगियोनोसँग पनि कुराकानी गरेका थिए ।
सो क्रममा दुई नेताबीच व्यापार, सामुद्रिक सुरक्षा, इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्वको महत्वका विषयमा कुराकानी भएको थियो ।
Facebook Comment