निजामती विधेयकको प्रस्तावना नै संशोधनको तयारी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु भएको छ।
सिहदरबारमा बिहीबार बसेको समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल सुरु भएको हो। छलफलका क्रममा विधेयकको प्रस्तावना नै संशोधन गर्ने सहमति भएको छ।
विधेयकको प्रस्तावनामा संशोधन गरी पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री भन्ने शब्द थप गर्ने सहमति भएको हो। त्यस्तै छलफलका क्रममा विधेयकका केही दफालाई समेत सर्वसम्मतले पारित गरेको छ। विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि तीव्र रुपमा छलफल गरि पारित गर्ने समितिको तयारी छ।
कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न सरकारको उक्त विधेयक ल्याएको हो।
Facebook Comment