बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने

डिसी नेपाल
११ माघ २०८१ १२:०८

काठमाडौं। जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।

जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए।

‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् ।
संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताए । उनका अनुसार २८ एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *