नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरिए

डिसी नेपाल
११ माघ २०८१ १५:२६

काठमाडौं । टेनिस खेलाडी नोभाक जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपनको सेमिफाइनलबाट बाहिरिएका छन् ।

बायाँ खुट्टामा समस्या आएपछि जोकोभिचले अलेक्जेन्डर ज्वेरेभविरुद्धको सेमिफाइनल खेल बीचमै छाडेका थिए ।

नोभाक जोकोभिचले पहिलो सेटमा १ घण्टा २१ मिनेटसम्म खेले तर त्यसपछि उनले थप खेल्न सकेनन् ।

योसँगै अलेक्जेन्डर ज्वेरेभ अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *