भारतीयबाट नेपाली किशोरी बलात्कृत
काठमाडौं । तनहुँमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–१, डुम्रेमा बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय श्रवण कुमार छन्।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ। शुक्रबार (आज) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
उक्त उजुरीका आधारमा श्रवणलाई पक्राउ र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment