झाँक्री प्रकाश भुजेल दुई लाख धरौटी तिरेर रिहा

डिसी नेपाल
११ माघ २०८१ १९:११

काठमाडौं । पुर्पक्षमा जेल चलान भएका झाँक्री प्रकाश भुजेल दुई लाख धरौटी तिरेर रिहा भएका छन्।

उच्च अदालतको पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार दुई लाख धरौटी तिरेर थुनामुक्त गर्न आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।

काठमाडौंको ब्रम्हखेलमा दुर्घटना गराएका भुजेललाई जिल्ला अदालत काठमाडौंले गत मंसिरमा थुनामा पठाउन आदेश दिएको थियो। गत कात्तिक २८ मा काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *