रवि लामिछाने पक्षको बहस सकियो, केही बेरमा आदेश आउन सक्ने

डिसी नेपाल
१३ माघ २०८१ १६:०८

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्षको छुनछेक बहस सकिएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकिएको हो, अब केही बेरमा नै आदेश आउने जनाइएको छ ।

लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएकाे थियाे । लामिछानेकाे तर्फवाट बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेललेलगायतले बहस गरेर भ्याएका छन । सरकारी वकिलले जवाफी बहस गरे पछि आदेश आउने सम्भावना बढेर गएकाे जनाइएकाे छ ।

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलाे पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, साे दिन पछि लामिछाने भने हाजिरी जमानीमा रिहा भईरहेका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिदै आएको छ ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *