विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुग्छ : भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्।
उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ। तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ। तर, ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ। विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ।’
साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए। उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए।
Facebook Comment