वर्तमान सरकार २०८४ सम्म कायम रहन्छ : नेपाली कांग्रेस
काठमाडौं । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा छलफल गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरु र सरकारलाई ०८४ सम्म नै निरन्तरता दिने विषयमा छलफल भएको बताए।
उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने छ। यो सरकार गठन भएपछि गरेका राम्रा कामहरु के के छन्, आर्थिक अवस्थाको सुदृढिकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदी विषयमा समीक्षा भएको छ। तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ। सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ।’
यसैगरी उनले बैठकमा प्रारम्भिक छलफल भएको बताए।
Facebook Comment