इजरायली सैनिकको आक्रमणमा लेबनानमा २२ जनाको मृत्यु
काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २२ जनाको मृत्यु भएको र १२४ जना घाइते भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले इजरायली सैनिकहरू उक्त क्षेत्रबाट हिजबुल्लाह बाहिरिएपछि र इजरायली सेना फिर्ता गर्ने समयसीमा पूरा भएपछि पनि त्यहाँ उपस्थित रहेको बताएको छ।
इजरायली सेनाले ‘चेतावनीका रूपमा केही क्षेत्रमा गोली चलाएको’ बताएको छ। इजरायली सेनाले गोलीबारीमा मानिसहरू घाइते भए वा नभएको बारे छुट्टै जानकारी दिएको छैन।
इजरायलले भन्यो, “हिजबुल्लाहसँगको युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन भएको छैन। लेबनानमा अझै कति इजरायली सेनाहरू छन् र कति समयसम्म त्यहाँ बस्नेछन् भन्ने स्पष्ट भइसकेको छैन।”
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले इजरायली कब्जा गरेको क्षेत्रमा जान खोज्ने सर्वसाधारणमाथि आक्रमण गरेको जनाएको छ । मारिनेमा महिला पनि सामेल छन् । घाइते हुनेमा महिला, बालबालिका र एक स्वास्थ्यकर्मी रहेका छन् ।
लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको र अर्का एक सैनिक घाइते भएको बताएको छ ।
Facebook Comment