नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पाण्डेको रिट हर्न नमिल्ने
काठमाडौं । नक्कली भुटानी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ ।
पाण्डेलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनकी श्रीमती मञ्जुले हालेको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंहको इजलासमा पेशी परेकोमा हेर्न नमिल्ने भएको हो । यो रिटको पेशी आइतबार र सोमबार दुवै दिन प्रधानन्यायाधीशको इजलासमा परेको थियो ।
उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे ०८० वैशाखमा पक्राउ परेका थिए । उनी २०७८ साउनदेखि २०७९ असोजसम्म गृहसचिव रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेको थियो ।
प्रतिक्रिया
Facebook Comment