वेस्ट इन्डिजले ३४ वर्षपछि पाकिस्तानलाई उसकै घरेलु मैदानमा हरायो

डिसी नेपाल
१४ माघ २०८१ १५:१६

काठमाडौं । वेस्ट इन्डिजले दोस्रो टेस्टमा आयोजक पाकिस्तानलाई १२० रनले पराजित गरेको छ ।

वेस्ट इन्डिजले ३४ वर्षपछि घरेलु मैदानमा पाकिस्तानलाई टेष्टमा पराजित गरेको छ । वेस्ट इन्डिजले पछिल्लो पटक सन् १९९० मा पाकिस्तानलाई आफ्नै घरमा पराजित गरेको थियो ।

पाकिस्तानको दोस्रो इनिङ्समा अन्तिम ६ विकेट लिन वेस्ट इन्डिजलाई झण्डै एक घण्टा लाग्यो। वेस्ट इन्डिजका बलरविरुद्ध मोहम्मद रिजवान र सलमान आगाले मात्र साहस देखाउन सके ।

मुल्तानमा भएको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । वेस्ट इन्डिजको पहिलो इनिङ १६३ रनमा समेटिएको थियो, जवाफमा पाकिस्तानले पहिलो इनिङ्समा १५४ रन बनाएको थियो ।

दोस्रो इनिङ्समा पनि वेस्ट इन्डिजले २४४ रन बनाए पनि पाकिस्तानको टोली दोस्रो इनिङ्समा १३३ रनमै सीमित भयो । खेलमा वेष्ट इन्डिजका जोमेल भेरिकनले कुल ९ विकेट लिए । उनले पहिलो इनिङ्समा चार विकेट लिए भने दोस्रो इनिङ्समा ५ विकेट लिए ।

भेरीकेन खेलको प्लेयर अफ द म्याच चुनिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *