आइसीसी ओडिआइ टिम अफ द इयरमा ४ देशका मात्र खेलाडी, भारत, अस्ट्रेलियाका कोही परेनन्
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले २०२४ सालभरीको प्रदर्शनको आधारमा आइसीसी टिम अफ द इयर घोषणा गरेको छ । यसमा ४ देशका मात्र खेलाडी परेका छन् । क्रिकेटका पावरहाउस मानिने भारत, अस्ट्रेलिया, इङल्याण्ड, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड जस्ता देशका कुनै खेलाडी परेका छैनन् ।
टिममा सबैभन्दा धेरै श्रीलंकाका पथुम निशंका, कुशल मेन्डिस, चरिथ असलांका, र वानिन्दु हसरंगा गरी ४ खेलाडी छन् । कप्तानको जिम्मेवारी श्रीलंकाका चरिथ असलंकालाई दिइएको छ भने विकेटकिवरको भूमिका श्रीलंकाकै कुशल मेन्डिसलाई दिइएको छ ।
पाकिस्तानका सइम अयुब, ह्यारिस रउफ र शाहीन शाह आफ्रीदी गरी तीन खेलाडी परेका छन् । अफगानिस्तानका पनि रहमानुल्लाह गुरबज, अजमतुल्लाह ओमरजाइ र अल्लाह गजनफर गरी ३ खेलाडी परेका छन् । वेष्ट इन्डिजबाट एक जना शेरफान रदरफोर्ड परेका छन् ।
अफगानिस्तानका अजमतुल्लाह ओमरजाइलाई आइसीसीले २०२४ को लागि एकदिवसीय वर्ष खेलाडी पनि घोषित गरेको छ ।
Facebook Comment