दलीय राजनीतिमा लाग्ने निर्णय गरेकी छैनः पूर्वराष्ट्रपति भण्डारी

डिसी नेपाल
१४ माघ २०८१ १७:१८

मोरङ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने वा नलिने भन्ने विषयमा आफुले कुनै निर्णय नगरेको बताएकी छन्।

सोमबार बिराटनगरमा सञ्चारकमीसँग कुरा गर्दै भण्डारीले आफू दलको नेतृत्व गरेर राजनीति गर्न तयार भइनसकेको र त्यस्तो कुनै निर्णय समेत नगरेको बताएकी हुन्। उनले आफू पहिले एमालेमै रहेको र फेरी पनि राजनीतिकमा फर्किने हो भने एमालेमा नै फर्किने बताइन्। पूर्व राष्ट्रपति भण्डारीले सदस्यता प्राप्तिका लागि एमालेमा कुनै निवेदन नदिएको समेत बताइन्।

उनले राष्ट्रिय राजनीतिकबाट फरक नभएकाले त्यसमा चासो हुनु स्वभाविक भएको धारणा राखिन्। देशको स्थायित्व, शान्ति, प्रगतीमा आफ्नो गहिरो चासो रहेको उनको भनाइ छ।

भण्डारीले युवाहरुलाई नेपालमै कसरी रोकेर राख्ने र उनीहरूलाई रोजगार उपलब्ध गराउने विषयमा गम्भीर बहस र छलफलमा आफू जुटेको जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *