सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन कांग्रेस सांसदहरुको सुझाव

डिसी नेपाल
१४ माघ २०८१ १७:५०

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुले सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका छन्।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै सांसदहरुले एमालेसँग भएको सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले अघि बढाउन सुझाव दिएका हुन्। बैठकमा सांसदहरुले अध्यादेश, संसदका कामकारवाही, समसामयीक रुपमा गम्भीरतापूर्वक धारणा राखेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

सांसदहरुले बोल्ने क्रम जारी रहेको र माघ १८ गते बस्ने बैठकमा बाँकी सांसदहरुले धारणा राखेर जवाफ दिएपछि बैठक सकिने उनले बताए। घिमिरेले सरकार परिवर्तनको कुरा कसैले नगरेको र सरकार ढल्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे। सात बुँदे सम्झौतालाई कार्यान्वयन गरेर सरकार पूरा अवधि चल्ने उनको भनाइ छ।

घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न गाह्रो रहेको र राज्य सक्षम नरहेकाले जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ भन्नेमा जोड रहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *