मंगलबार कस्तो रहला देशभरको मौसम?
काठमाडाैं। हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो अपराह्न पछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भू-भागका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्यान्न पछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ।
सोको प्रभावले तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
Facebook Comment