‘सरकारको ‘सर्पोट विना’ स्टार्टअपले गति लिन सक्दैन’

डिसी नेपाल
१६ माघ २०८१ १४:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन्। स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाई थियो।

नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटनै हुनुपर्ने बताए।

स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने बताए। सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायिमा नयाँ उर्जा पलाएको बताए। निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने उनको दाबी छ।

‘अध्यादेशमा केही अपुग कुरा पनि छन्। त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं। त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने उनले बताए। उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ। व्यवसाय सुस्ताएको छ। माग कम छ। व्यवसायिमा नैशास्यता छ। व्यवसायिको मनोदशा गम्भिर छ। मनोदशालाई परिवर्तन गर्न जरुरी छ। नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो।’

राज्इले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होईन। हाम्रो पनि व्यवसायिक धर्म हो। हामी नाफा हेर्छौं। उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने। उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाई छ। उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो।

नबिल बैंकका सिनियर डिसिओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाई छ। बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए। स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ। ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस्। यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस्। त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस्। त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस्। यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ।’

त्यस्तै गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताईन। नेपाली युवाहरुलाई शिप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाई छ। ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ। तर, नेपालमा धेरै चुनौतीहरु छन्। जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ। यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन्।

उत्पादनमूलक उद्योगलाई बैंकहरुले प्रवाह गर्ने कर्जा महंगो भएको रानाले बताईन। ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन्। करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन्। करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन्। जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन्। नेपालबाट विदेश निर्यात हुने जुत्ताहरु मध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन्। पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ। बैंकको ब्याजदर महँगो छ। ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ।’ उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्शन हुनुपर्नेमा उनको जोड छ।

नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशीएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए। अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए। यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनले बताए।

कार्यक्रमको सहजिकरण किङ्स कजेजका अध्यक्ष नारोत्तम अर्यालले गरेका थिए। आजबाट सुरु भएको सम्मेलन दुई दिन सम्म चल्नेछ। सम्मेलनमा ६ वटा विषयमा प्यानल डिस्कसन हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *