एचपीभी खोप अभियानका लागि नायिका कोइराला सद्‍भावना दूत घोषणा

डिसी नेपाल
१६ माघ २०८१ १६:५१

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि नायिका मनिषा कोईरालालाई सद्‍भावाना दूत घोषणा गरिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्‍भावाना दूत घोषणा गरिएको हो।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका महिलाहरू सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावी पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एचपीभी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रुपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए।

उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप उपलब्ध गराउन लागेको पनि बताए।

यस्तै, नायिका मनिषा कोइरालाले पनि आफैँ पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सकिए एकदमै ठूलो काम हुने बताइन्।

उनले भनिन्, ‘खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु। किनभने म आफै पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो। त्यसकारण स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ। हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौं भने यो एकदमै ठूलो कुरा हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *