स्रोतसाधनको सदुपयोग गरेमात्र विकास निर्माणले गति लिने

डिसी नेपाल
१६ माघ २०८१ २१:५२

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उपलब्ध स्रोतसाधनको सही सदुपयोग गरेमात्र विकास निर्माणले गति लिने बताएका छन्।

आज सुर्खेतमा जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पहिला थोरै स्रोतसाधनले धेरै विकास हुने गरेको भएपनि अहिले तुलनात्मक रुपमा धेरै स्रोतसाधन प्रयोग हुँदा पनि कम विकास हुने गरेको उल्लेख गरे।

जनताको घरदैलोमा गएर समस्या बुझ्ने र सरकारले नीति बनाइ त्यसको आधारमा बजेट व्यवस्था गर्ने काम प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो। जनताले कामका आधारमा मूल्यांकन गर्ने भएकाले काम गरेर देखाउने बाटोमा प्रदेश सरकार रहेको उनले बताए।

जनतासमक्ष प्रत्यक्ष भेटघाट गरेर गुनासो सुन्ने र उनीहरुको भावना अनुसार समस्या समाधान गर्ने योजना प्रदेश सरकारले बनाएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल स्थानीय नेता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *