पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तनावमा ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तीन विषयलाई लिएर बेचैनमा छन् । उनले सचिवालयमा छलफल गर्दै तीनै विषयलाई असफल बनाउन पार्टी नेता, विज्ञसहितका युवालाई परिचालन गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने रणनीति बुझेका ओली उनीबाट असन्तुष्ट छन् । एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने र एमालेको अध्यक्ष बनाउने गृहकार्य चल्दै गर्दा ओलीले रोक्न खोजेका छन् ।
यस्तै, अर्को विषय सामाजिक सञ्जालमा पार्टी र सरकार नेतृत्वको अमर्यादित टिप्पणी एवं आलोचना ओलीलाई अस्वीकार्य भएको छ । सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई ‘काउन्टर’ दिन उनले युवालाई परिचालन गर्न निर्देशनसमेत दिएका छन् ।
सामाजिक सञ्जालमा आएका विभिन्न नकारात्मक टीकाटिप्पणी एवं आलोचनालाई काउन्टर दिन र सरकारका राम्रा कामको प्रचारका लागि प्रधानमन्त्री निवास बालुवाटारमै विषयवस्तु तयार भइरहेको छ । सामाजिक सञ्जालमा लेख्ने म्याटर तयार गरेर काउन्टर दिने काम भइरहेको छ । यस्तै, सरकारका राम्रा कामको भिडियो, लेख रचनालगायतका सामाग्री तयार गर्ने र सो पोस्ट गर्नका लागि कार्यकर्तालाई दिने गरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि चौतर्फी प्रहार हुन थालेको बताउँदै त्यसको डटेर प्रतिवाद गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताइरहेका छन् । गत शनिबार सम्पन्न राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा उनले नेतृत्वमाथि भइरहेको प्रहारको युवाहरूले डटेर प्रतिकारमा उत्रिनुपर्ने निर्देशनसमेत दिए ।
सरकारकमाथि भइरहेको तीव्र आलोचनालाई रोक्न एवं मर्यादित बनाउनका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार सो विधेयक राष्ट्रिय सभामा दर्ता गराएका छन् ।
फेसबुक, टिकटक, युट्युब, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ । नयाँ ऐनको आवश्यकता’bout विधेयकमा ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न’ उल्लेख छ ।
यसैगरी, ओलीका लागि तेस्रो तनावको विषय अमेरिका र भारतको घेराबन्दी बनेको छ । अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेका ओली उनीहरूबाट सरकारलाई घेराबन्दी भइरहेको निष्कर्षमा पुगेका छन् । ओलीले चीन भ्रमणअघि नै भारत भ्रमण गर्न खोजेका थिए तर भारतसँगको सम्बन्धमा रहेको ‘खटपट’ एवं ‘बेमेल’का कारण उनको भारत भ्रमण अझै हुन सकेको छैन । ओली आफैंले भारत भ्रमण छिट्टै हुने र पुसभित्र हुने ठोकुवा गरेका थिए । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले २५ पुसभित्र ओलीको भारत भ्रमण हुने सार्वजनिक कार्यक्रममा भनेका थिए । तर, भ्रमण अनिश्चित रहेको छ । भारतसँगको सम्बन्ध सुधारमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत असफल भइन् ।
‘प्रधानमन्त्रीले छुट्टाछुट्टै विभिन्न टोली परिचालन गर्नुभएको छ, विभिन्न विषयमा चासोका साथ काम गर्नुपर्ने भनेर लाग्नुभएको छ, आफैं पनि गर्दै हुनुहुन्छ, कतिपय काम सचिवालय सदस्यहरू, विज्ञ, नेता, युवालाई समेत जिम्मेवारी दिँदै राम्रो प्रतिफलका लागि काम भइरहेको छ, त्यसमा सामाजिक सञ्जालमा हुने अमर्यादित टिप्पणी एवं आलोचनालाई त काउन्टर दिनैपर्छ,’ बालुवाटार स्रोतले भन्यो ।
यस्तै अमेरिका, भारत, चीनसहितका मुलुकसँग सम्बन्ध राम्रो भएको र अझै राम्रो एवं सुमधुर सम्बन्ध बनाउन आवश्यक रहेकामा प्रधानमन्त्री ओली सचेत रहेको स्रोतले जनाएको छ । छिमेकी मुलुकसहित अन्य मुलुकसँग कसरी राम्रो सम्बन्ध बनाई मुलुक र नागरिकको हितमा काम गर्न सकिन्छ भन्ने ’boutमा गम्भीर भएर काम भइरहेको छ ।
एमाले सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले सरकार र अन्य मुलुकसँग हुने सम्बन्धको छुट्टै प्रोटोकल हुने बताए । सोहीअनुसार सरकारले छिमेकी मुलुक भारत, चीन, अमेरिकासहितका मुलुकसँग बलियो सम्बन्ध बनाउन सरकार लागिपरेको उनको दाबी छ ।
‘भारत, चीन वा अमेरिकासहित कुनै मुलुकसँग सम्बन्ध बिग्रेको छैन, सबैसँग राम्रो सम्बन्ध छ, अझै बलियो र सुमधुर सम्बन्ध बनाउन हामी लागिपरेका छौं, सबैसँग राम्रो सम्बन्ध बनाएर मुलुक र नागरिकको पक्षमा काम गरी राम्रो प्रतिफल दिनका लागि हामी सबै जुटेका छौं,’ महासेठले भने, ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमण भयो, भारतको भएन भन्ने कुरामा आवश्यकतानुसार हुन्छ, भारतका कति जना प्रधानमन्त्रीहरूले नेपाल भ्रमण गर्नुभयो, इन्दिरा गान्धीदेखि नरेन्द्र मोदीसम्मका प्रधानमन्त्रीको नेपाल भ्रमण आवश्यकतानुसार भएको छ ।’
भण्डारीको सक्रियताले तनावमा ओली
एमालेका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन खोज्दै छिन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)को बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आइरहेका छन् ।
त्यसले पनि भण्डारीलाई सक्रिय राजनीतिमा आउन सहज भएको बताइन्छ । यद्यपि, पुनलाई माओवादी केन्द्रले अहिलेसम्म कुनै जिम्मेवारी दिएको छैन । उनलाई जिम्मेवारी दिने ’boutमा माओवादीभित्रै मतभेद रहेको बताइन्छ ।
अहिले एक साताका लागि भण्डारीको बसाइ विराटनगरमा छ । यसबीचमा उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनुका साथै उनको पार्टी नेता एवं कार्यकर्तासँग छुट्टाछुट्टै एवं सामूहिक भेटघाटसमेत चलिरहेको छ । युवा, विद्यार्थीदेखि महिला नेतृसँग भण्डारीले घनिभूत छलफल थालेकी छन् ।
यसअघि नै भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको खुलासा गरेकी थिइन् । विराटनगर पुगेर उनले झन् सक्रिय राजनीतिमा आउन लागेको अभिव्यक्ति दिइन् ।
‘राष्ट्रपति पद गैरराजनीतिक होइन, राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षसँग छलफल गरिरहेकी छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेकी छु ।’
एमाले अध्यक्ष हुनेगरी नै सक्रिय राजनीतिमा आउन लागेको भन्ने’bout भण्डारीले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पदीय जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन, भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ, भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यहीँ जानुपर्ने हुन्छ तर अहिले छलफल भएको छैन ।’
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी अब एमाले अध्यक्ष बन्नेगरी राजनीतिमा आउने तयारीमा छिन् । ‘तत्काल व्यक्त नगरे पनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो । ‘परिस्थिति मिलेपछि उहाँ सक्रिय हुनुहुन्छ,’ भण्डारीनिकट एक नेताले भने । एमालेभित्र अध्यक्ष ओलीबाट हेपिएका, पेलिएका, किनारा पारिएका भनेर चर्चा गरिने समूह अहिले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गरिरहेका छन् ।
Facebook Comment