माओवादी संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
१७ माघ २०८१ ९:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे  बस्न लागेको हो ।

बैठकमा मुख्य गरी शुक्रवारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *