माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

डिसी नेपाल
१७ माघ २०८१ १४:१९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो ।

शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ। बैठकमा सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाज एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डा र अध्यादेशमाथि विरोध गर्नेबारेमा छलफल हुने र सांसदलाई प्रशिक्षित गर्नेलगायत एजेण्डामा छलफल भइरहेको बताइएको छ।

यसअघि नै आज नै विपक्षी दलहरुको बैठक समेत बसेको थियो। जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो।

यस्तै आजै बसेको प्रमुख प्रतिपक्षी दलको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छ। संसदको हिउँदे अधिवेसन सुरू हुन एक दिनअघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएको भन्दै विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए।

सिंहदरबारमा बसेकाे बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *