माओवादीले विपक्षीसँग मिलेर एक आवाज उठाउने

डिसी नेपाल
१७ माघ २०८१ १४:५५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ।

शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतका बारेमा छलफल गर्नका लागि बैठक बसिरहेको हो।

केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले ल्याएको अध्यादेशको विरोधमा उत्रिन लागेको माओवादीले संसद्का दुवै बैठक प्रतिनिधिसभा र राष्ट्रियसभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ।

त्यसो त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको विपक्षी दलको संयुक्त बैठकले अध्यादेश अस्वीकार गर्ने तथा महँगी र भ्रष्टचारबारेमा गम्भीर प्रश्न उठाउने निर्णय गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *